Friday, April 11, 2008

डोल्मा बचाउन एक कोरिया भिक्षुद्वारा ३० लाख वन् सहयोग


डोल्मा बचाउन एक कोरिया भिक्षुद्वारा ३० लाख वन् सहयोग
पुरू जाशी, दक्षिण कोरिया ।
गैर आबासीय नेपाली संघको ूडोल्मा बचाऊ अभियानू अन्तर्गत विश्वका बिभिन्न भागमा रहेका नेपलीहरुले सहयोग जुटाउदै गरेको बेलामा एक कोरियन बौद्ध भिक्षुले डोल्माको ज्यान बचाउनको लागि भनी स्वयम् सहयोग उप्लव्ध गराउदा डोल्मालाई बचाउनमा ठुलो सहयोग पुग्ने देखिएको कोरियाबासी नेपालीहरुले बताएका छन् ।

गैर आबासीय नेपाली संघका केन्द्रिय सदस्य एबम् ूडोल्मा बचाऊ अभियानूका सह संयोजक, एवम् संघको केन्द्रीय सदस्य तेन्जी शेर्पासँगको एक टेलिफोन् बार्तामा वहाँले कोरियाका सबैभन्दा ठुलो पुरानो बौद्ध मन्दिर मध्येमा रहेको थोङ्दोसाका प्रमूख भिक्षु आसान जं उ ९ख्भल। ब्कबल व्गलन ध्यय०ले डोल्मा बचाउनको लागि कोरियन वोन् ३,०००,००० ९ने रू करिब एक लाख नब्बे हजार् रुपैया० चन्दा स्वरूप उपलव्ध गराउनुभएको बताउनु भयो ।

वहाँले उक्त रकम सह-संयोजक तेन्जी शेर्पासँगको भेटमा गत हप्ता हस्तान्तरण् गर्नु भएको थियो। वहाँले गैर आबासीय नेपालीहरुको यस अभियान् निकै सह्रानीय रहेको बताउनु हुदै आफू पनि नेपालमा जन्मेका बुद्ध भगवानको चेलाको हैसियतले गैर आबासिय नेपालिहरु जस्तै नै हो भन्नुहुदै उक्त रकम दिनुभएको भन्ने तेन्जी शेर्पाले बताउनु भयो। तेन्जी शेर्पाका अनुसार आसान जं उ ९ख्भल। ब्कबल व्गलन ध्यय०ले नेपालको लुम्बिनिमा विद्यालय खोल्नको लागि सहयोग गर्नुको साथै कोरियामा रहेका धेरै नेपालीहरुको लागि धेरै समय देखि नै सहयोग गर्दै आउनुभएको छ।

तेन्जी शेर्पाले विश्वका बिभिन्न देशका गैर आबासीय नेपालीहरुको सहयोग अहिले सम्ममा करिब् ४५,००० अमेरिकी डलर उठिसकेको र त्यसमध्ये करिब तेह्र लाख चौसठि हजार् रुपिया अघि नै पररास्ट्र मन्त्रालयमा हस्तान्तरण् भै सकेको बताउनु भएको छ।

गैर आबासीय नेपाली संघको ूडोल्मा बचाऊ अभियानूमा गैर आबासीय नेपाली संघ महिला फोरमकि प्रतिनिधि स्रीमति उशा शर्मा पनि सह-संयोजक रहनुभएको छ।