Kantipur Report
KATHMANDU, Feb 17 - The government on Sunday called for financial aid from all parties to save Dolma Sherpa, who is facing a death sentence in Kuwait for an alleged involvement in a murder.
Issuing a press release, the Ministry of Foreign Affairs requested help from both Nepalis residing in the country and abroad for financial assistance.
A total of 5 million rupees will be needed to pay the lawyer fees and ‘blood money’ to the family of the murdered, the release said.
The Ministry informed that Rs 400,000 has already been collected so far.
Dolma, who hails from Gumba-8 of Sindhupalchowk district, has been slapped a death sentence by a preliminary court in Kuwait for her alleged involvement in the murder of a Filipino woman.
Sunday, February 17, 2008
Thursday, February 14, 2008
लक्कीको लगाव -कुमार सुब्बा

कुवेतको अदालतले सिन्धुपाल्चोककी डोल्मालाई मृत्युदण्डको फैसला सुनाएलगत्तै उनको ज्यान जोगाउन आग्रह गर्दै महिलाहरूको एउटा लस्कर परराष्ट्र मन्त्रालय पुग्यो। 'डोल्मा बचाऊ अभियान'मा अहिले ती महिलाहरूलाई दुई दर्जनभन्दा बढी मानवअधिकार संस्थाहरूले साथ दिइरहेका छन्। फलतः डोल्माको जीवनरक्षाका लागि पहल गर्न सरकार अग्रसर भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला सञ्जालको व्यानरमा शीतलनिवास पुग्ने ती महिलाहरूको नेतृत्व गरेकी थिइन्, सञ्जालकी अध्यक्ष लक्की शेर्पा (३३) ले। उनी भन्छिन्, “विदेशमा नेपाली महिलालाई मृत्युदण्ड दिन लागिएको सुनेर हामी स्तव्ध भयौं र उनको बचाऊ अभियानमा लागिहाल्यौं।” लक्की सामाजिक अभियानमा संलग्न भएको एकदशक बित्न लाग्यो। यस्ता गतिविधिमा संलग्न हुनुलाई उनी एउटा शिक्षित महिलाको कर्तव्य ठान्छिन्। उनले यो कालखण्डका धेरै समय आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि खर्चेकी छिन्। अधिकारकर्मीको रूपमा होस् वा विषयविज्ञ भिजिटिङ प्रोफेसरको रूपमा; उनीहरूको अवस्थालाई थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्याउन सफल लक्की नेपालबाट एसिया प्रशान्त क्षेत्रको आदिवासी जनजाति महिला सञ्जालमा प्रतिनिधित्व पनि गर्छिन्। शेर्पा समुदायका पहिलो प्राध्यापक श्यामसुन्दर शेर्पाकी छोरी लक्की अध्ययनको हिसाबले अर्थशास्त्री हुनुपर्ने हो। अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उनी आफ्नो परिचय महिला अधिकारकर्मीको रूपमा स्थापित हुनु परिस्थितिको बाध्यता ठान्छिन्। भन्छिन्, “उत्पीडनमा परेका आदिवासी जनजाति महिलाहरूको आवाजलाई माथि उठाउन यो क्षेत्र रोजेकी हुँ।”
डोल्मालाई बचाउन पतिको अपिल

डोल्मालाई बचाउन पतिको अपिल
आङतेन्जी शर्ेपा काठमाडौं, माघ १९ - म इराकको अमेरिकी सैनिक क्याम्पमा सा“झको खाना बनाउने तयारी गर्दै थिए“ । ६/७ हजार सैनिकलाई खाना बनाउन ६ जना नेपालीसहित कुकहरू कस्सिएका थियौं । क्याम्पमा एक नेपाली एकाउन्टेन्ट पनि छन् । उनले हरेक दिन कम्प्युटरमा नेपाली पत्रिका निकाल्छन् । त्यो दिन मलाई बेलाएर पत्रिकामा त्रि्रो खबर आएको छ भनेर देखाए । त्यहा“ डोल्मालाई कुवेतमा मृत्युदण्डको फैसला गरेको खबर थियो । मेरो घर सिन्धुपाल्चोकको गुम्बा गाउ“, बाबा र आफन्तको कुरा पनि थियो । त्यो पढेर मेरै श्रीमती डोल्मालाई मृत्युदण्ड सुनाएको पक्का भयो । मेरा हातखुट्टा गले, आत्तिएर बोल्नै नसक्ने भए“ । केही काम गर्न सकिन । त्यहा“ भएकाहरूले आश्वस्त पार्न थालेका थिए । 'हामीलाई त कस्तो भयो, झन् तिमीलाई के भएको होला -' प्रोजेेक्ट म्यानेजरले भने- 'तर नआत्तिऊ, घर जाने व्यवस्था मिलाइदिन्छौं ।' जनवरी ७ -पुस २३) को कुरा हो यो । उनीहरूले कागजपत्र मिलाइदिए र ९ तारिखमा म अम्मान, बहराइन हु“दै काठमाडौं आए“ । यहा“ आएपछि आफन्त, शर्ेपा दाजुभाइस“ग भेट भयो । माइती नेपालमा डोल्माबारे अरू बुझ्न गयौं । मन्त्रीसम्म पुग्यौं । तर अहिलेसम्म उनीबारे यकिन थाहा पाउन सकेको छैन । उसलाई जसरी भए पनि बचाउनर्ुपर्छ । ऊ त्यस्तो मान्छे नै होइन । कत्ति पनि नपढेकी डोल्मालाई कसैले फसाएको हुन हुन्छ । गल्ती गरेकै भए पनि नेपाल ल्याएर दण्ड दिनर्ुपर्छ, मर्न दिनु हु“दैन । यहा“ साढे चार वर्षो छोरा छ । म इराक जाने बेला उसलाई सिन्धुपाल्चोककी दिदीस“ग गुम्बामा छाडेर गएको थिए“ । दिदी आनी -भिक्षुणी) हुन्, अहिले उनले नै पालेर राखेकी छन् । आमा खोइ भनेर रुन्छ रे । म डोल्माको कामले गर्दा भेट्न जान पाएको छैन । डोल्मालाई दण्डबाट मुक्त नगरे छोराको पनि जिन्दगी बर्बाद हुन्छ । मेरो घर धेरै दर्ुगम गाउ“मा छ । सदरमुकाम -चौतारा) आउनै दर्ुइ दिन लाग्छ । घरको खेतीपातीबाट छ महिना पनि खान पुग्दैन । त्यही हुनाले म पहिला रोजगारीका लागि मलेसिया गएको थिए“ । तर नसाको बिरामी भएर आठ महिनामै फर्किए“ । यहा“ बसेरमात्र भएन, डोल्माले म कमाउन जान्छु भनिन् । मेरो त पठाउने विचार पनि थिएन तर के गर्ने बाध्यताले जानैपर्यो । उनी गएको अहिले दर्ुइ वर्षतीन महिना भयो । गएपछि तीन महिनामै २० हजार रुपैया“ पनि पठाइन् । पछि पहिलाको ठाउ“मा काम मन परेन र पैसा पनि कम दियो भनेर अर्को ठाउ“मा गइन् । उनीस“ग मेरो गत वर्षफागुन २८ गते कुरा भएको थियो । त्यति बेलासम्म यस्तो केही कुरा थिएन । त्यसपछि सर्म्पर्क भएको छैन । म पनि वैशाखमा इराक गए“ । अहिले मलाई ठूलो समस्या परेको छ । एक्लै केही गर्न सक्दिन“, पढेको पनि छैन, जानेको पनि छैन । जसरी हुन्छ, उनको जीवन बचाएर नेपाल ल्याइदिन म सबैस“ग अनुरोध गर्छर्ु -डोल्माका पति आङतेन्जीस“ग कान्तिपुर संवाददाता दिनेश रेग्मीले शनिबार गरेको कुराकानीमा आधारित)
'सेभ डोलमा क्याम्पेन्' द्वारा पत्रकार सम्मेलन

२ फेब्रुअरी, ०८ । हत्याको आरोपमा कुवेतमा मृत्युदण्डको कार्वाही सुनाईएकी सिन्धुपाल्चोक कि डोल्मा शेर्पाको उद्वारका लागि सरकारले पहल गरिरहेको बताईएको छ । आज रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा वोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता हिराबहादुर थापाले डोल्मालाई बचाउन आफूहरु निकै सक्रिय भएको जानकारी दिए । उनले मारिएकी भनिएका फिलिपिनीका परिवारलाई क्षतिपूर्ती दिई मृत्युदण्डबाट जोगाउन सकिने भन्दै त्यसका लागि प्रयास भईरहेको बताए । क्षतिपूर्तीका लागि श्रमिक कल्याण कोषवाट केही रकम र केही उनीप्रति चासो देखाउनेहरुवाट रकम संकलन गरिने थापाले जानकारी दिए । डोल्माका पति आङतेन्जीको कुरा सुन्देवित्तिकै श्रम मन्त्रालयका सचिव श्यामप्रसाद मैनालीले एउटी नेपाली चेलीको जीवनरक्षाको जिम्मेवारी सरकारमा रहेको बताए । उनले भने, उनी कसरी कुवेत पुगिन् भन्ने सवाल भन्दा उनलाई कसरी बचाउने हो त्यसतर्फ केन्द्रित हुने बेला आएको छ । सामाजिक संघसंस्थादेखि उनलाई बचाउन सक्रियहरु एकढिक्का भई समन्वयका साथ सक्रिय हुनुपर्नेमा उनको जोड थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालो डोल्माको जीवनरक्षाका लागि परराष्ट्रले सुस्त काम गरेको आरोप लगाइन् । उनले परराष्ट्रले गम्भीर भएर नलागे एउटी नेपाली चेलीको ज्यान जानसक्ने भन्दै पहलका लागि आग्रह गरिने बताए। डोल्मा शेर्पाका पति आङतेन्जी शेर्पाले जीवनरक्षाका लागि पहल गर्न सरकार, नागरिक समाज, अधिकारवादीसंग अपिल गरेका छन् । १९ माघमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफ्नी पत्नीले हत्या गर्नै नसक्ने बताए । डोल्माले हत्या गर्नैसक्दिनन्, सिन्धुपाल्चोक गुम्सा गाविसका २७ वर्षीय युवक आङतेन्जीले भने, गरिबीका कारण वाध्य भएर कामको खोजीमा कुवेत गएकी डोल्माको साढे चार वर्षको छोरा कर्म शेर्पा आमा खोइ भनी रोइरहेछ । उनले भावविहृल हुदै कम्तिमा बांच्न पाउने अधिकार सुरक्षित गरिदिन अपिल गरे । आफू स्वयं रोजगारीका लागि विगतमा मलेशिया गई अस्वस्थ भई फर्किएको उल्लेख गर्दै इराकबाट पनि फर्कनुपरेको खुलासा गरे । परिवारको आर्थिक अवस्था निकै हदमा बिग्रिएपछि डोल्माले कुवेत जाने इच्छा देखाएको र आफूले पनि नाई भन्न नसकेको खुलाए । एक वर्ष अघि अन्तिमपटक कुरा गर्दा उनले विपत्तीमा परेको नबताएपनि अत्तालिदै १५ मिनेट फोनमा कुरा गरेको सुनाए । more........
Subscribe to:
Posts (Atom)