Thursday, February 14, 2008

'सेभ डोलमा क्याम्पेन्' द्वारा पत्रकार सम्मेलन


२ फेब्रुअरी, ०८ । हत्याको आरोपमा कुवेतमा मृत्युदण्डको कार्वाही सुनाईएकी सिन्धुपाल्चोक कि डोल्मा शेर्पाको उद्वारका लागि सरकारले पहल गरिरहेको बताईएको छ । आज रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा वोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता हिराबहादुर थापाले डोल्मालाई बचाउन आफूहरु निकै सक्रिय भएको जानकारी दिए । उनले मारिएकी भनिएका फिलिपिनीका परिवारलाई क्षतिपूर्ती दिई मृत्युदण्डबाट जोगाउन सकिने भन्दै त्यसका लागि प्रयास भईरहेको बताए । क्षतिपूर्तीका लागि श्रमिक कल्याण कोषवा‍ट केही रकम र केही उनीप्रति चासो देखाउनेहरुवाट रकम संकलन गरिने थापाले जानकारी दिए । डोल्माका पति आङतेन्जीको कुरा सुन्देवित्तिकै श्रम मन्त्रालयका सचिव श्यामप्रसाद मैनालीले एउटी नेपाली चेलीको जीवनरक्षाको जिम्मेवारी सरकारमा रहेको बताए । उनले भने, उनी कसरी कुवेत पुगिन् भन्ने सवाल भन्दा उनलाई कसरी बचाउने हो त्यसतर्फ केन्द्रित हुने बेला आएको छ । सामाजिक संघसंस्थादेखि उनलाई बचाउन सक्रियहरु एकढिक्का भई समन्वयका साथ सक्रिय हुनुपर्नेमा उनको जोड थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालो डोल्माको जीवनरक्षाका लागि परराष्ट्रले सुस्त काम गरेको आरोप लगाइन् । उनले परराष्ट्रले गम्भीर भएर नलागे एउटी नेपाली चेलीको ज्यान जानसक्ने भन्दै पहलका लागि आग्रह गरिने बताए। डोल्मा शेर्पाका पति आङतेन्जी शेर्पाले जीवनरक्षाका लागि पहल गर्न सरकार, नागरिक समाज, अधिकारवादीसंग अपिल गरेका छन् । १९ माघमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफ्नी पत्नीले हत्या गर्नै नसक्ने बताए । डोल्माले हत्या गर्नैसक्दिनन्, सिन्धुपाल्चोक गुम्सा गाविसका २७ वर्षीय युवक आङतेन्जीले भने, गरिबीका कारण वाध्य भएर कामको खोजीमा कुवेत गएकी डोल्माको साढे चार वर्षको छोरा कर्म शेर्पा आमा खोइ भनी रोइरहेछ । उनले भावविहृल हुदै कम्तिमा बांच्न पाउने अधिकार सुरक्षित गरिदिन अपिल गरे । आफू स्वयं रोजगारीका लागि विगतमा मलेशिया गई अस्वस्थ भई फर्किएको उल्लेख गर्दै इराकबाट पनि फर्कनुपरेको खुलासा गरे । परिवारको आर्थिक अवस्था निकै हदमा बिग्रिएपछि डोल्माले कुवेत जाने इच्छा देखाएको र आफूले पनि नाई भन्न नसकेको खुलाए । एक वर्ष अघि अन्तिमपटक कुरा गर्दा उनले विपत्तीमा परेको नबताएपनि अत्तालिदै १५ मिनेट फोनमा कुरा गरेको सुनाए । more........

No comments: