Monday, February 18, 2008

डोल्माको सहयोगका लागि आह्वान कास काठमाडौं, फागुन ५

डोल्माको सहयोगका लागि आह्वान कास काठमाडौं, फागुन ५ - कुबेतमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्मा शर्ेपाको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न सरकारले आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले स्वदेश तथा विदेशमा बस्ने नेपाली र संघसंस्थास“ग सहयोगका लागि आइतबार वक्तव्यमार्फ आह्वान गरेको हो । डोल्माको जीवनरक्षाका लागि कानुन व्यवसायी राख्न र मृतकका परिवारलाई क्षतिपर्ूर्ति दिन करिब ५० लाख रुपैया“ लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । घरेलु कामदारका रूपमा कुबेतमा कार्यरत सिन्धुपाल्चोक गुम्बा गाउ“की २७ वषर्ीया डोल्मालाई एक फिलिपिनी कामदार महिलाको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । परराष्ट्र प्रवक्ता हीराबहादुर थापाले सरकारले ४ लाख रुपैया“ 'सिड मनी' स्वरूप छुट्याएको र अरू ४ लाख रुपैया“ माइती नेपाललगायत संस्थाहरूबाट तत्काल प्राप्त हुने आश्वासन आएको बताए । 'नेपाली नियोगमा पत्राचार गरेका छौं, विदेशमा बस्ने नेपाली र संघसंस्थाको रकम नियोगमार्फ आउनेछ,' उनले भने ।

1 comment:

Anonymous said...

How to send money? Inform detail