Friday, February 22, 2008

राजदूत योञ्जनद्वारा सहयोगकोलागि अपिल

जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले कुवेतमा रहेकी नेपाली चेली श्रीमती डोल्मा लामाको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न अपिल गर्नु भएको छ । नेपाली दूतावास टोक्योद्वारा जारी विज्ञप्तिमा एक फिलीपिनी महिलाको हत्याको आरोपमा कुवेतमा रोजगार गरि बसेकी डोल्मालाई त्यहाँको तल्लो अदालतले मृत्युदण्ड सुनाएको उल्लेख छ । अपिलमा अघि भनिएको छ- कुवेतको पुनरावेदन अदालतमा कानूनी उपचार खोज्ने लगाएतका कार्यमा पहल गरि उहाँको जीवन रक्षाको लागि हामी तमाम नेपाली दिदीबहिनी, दाजु भाई एक जुट हुनु परेको छ । कमजोर आर्थिक पृष्ठभुमिकी डोल्माको कानूनी उपचार र क्षतीपुर्ती रकमको ब्यवस्था गर्न करिव ५० लाख नेपाली रुपैंया लाग्ने अनुमान भएको र करिव ४ लाख प्रदान गरिसकिएको उल्लेख गरिएको छ । अघि भनिएको छ - नपुग रकम स्वेच्छाले सहयोग गर्न चाहने नेपाली दाजु भाई, दिदी बहिनी, संघ संस्था संगठन र समाज लगायत इच्छुक विदेशी मित्रलाई समेत आब्हान गर्नु पर्ने अवस्था रहेको छ । उहाँको जीवन रक्षाको लागि नेपाल सरकार प्रतिबद्ध र प्रयत्नशिल रहेको अवगत गराउदै यस कार्यमा सहयोग पुर्‍याउन हामी सबै नेपालीले मन बचन र कर्मले ऐकेवद्धता र सहयोग गर्नु अहिलेको आवश्यकता हो । अपिलमा यसको लागि जापानमा रहेका नेपाली दाजु भाई, दिदी बहिनी, संघ संस्था संगठन र समाजबाट यथा सक्य आर्थिक सहयोग प्रदान गर्न अनुरोध गरिएको छ । यस कार्यमा प्राप्त रकम पारदर्शी रुपले दाताको नाम, थर, ठेगाना एवं उपलब्ध सहायता रकम समेत सार्वजनिक जानकारी गराईने र उक्त रकम नेपाल सरकारलाई हस्तान्तरण भएको सुचित गरिने जानकारी गराईने पनि राजदूतद्वारा जारी अपिलमा उल्लेख छ । सहयोग गर्न चाहने महानुभाव र संस्थाका प्रतिनिधिले राजदूतावासमा टेलिफोन, फ्याक्स, इमेल वा सिधै सम्पकै गरि अन्य आवश्यक सूचना प्राप्त गर्न सकिने बताईएको छ । नेपाली राजदुतावास, टोक्यो ठेगाना Nepalese Embassy 14-9,Todoroki 7-chome, Setagaya-ku, Tokyo158-0082 , JAPAN Tel.03-3705-5558/5559, Fax.03-3705-8264 E-mail: embassy@nepal.co.jp website: www.nepal-embassy.org

No comments: